
बुधबारदेखि नेदरल्यान्डमा सरु हुने विश्व लिग भलिबल र विश्व बिच भलिबल टुरको अवलोकनका लागि शर्मा र चन्द त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्व लिग भलिबल र बिच भलिबल टुर जुन १८ सम्म सञ्चालन हुनेछ ।
नेदरल्यान्ड बसाइँका क्रममा डच प्रशिक्षक म्याट भान विजलसँग सम्झौता हुने महासचिव चन्दले जानकारी दिए । नेपाल भलिबल संघको विशेष अनुरोधमा विश्व भलिबलको सर्वोच्च संस्था एफआइभीबीले आफ्ना इन्स्ट्रक्टर म्याट भान विजललाई नेपाल पठाउन लागेको हो । ६ दिने नेदरल्यान्ड बसाइँका क्रममा अध्यक्ष शर्मा र महासचिव चन्दले नेदरल्यान्डको भलिबल एकेडमी, जिम र अन्य भौतिक पूर्वाधारको पनि अवलोकन गर्ने कार्यक्रम रहेका छन् ।
‘एफआईभीबीले नेपाली भलिबलको स्तर वृद्धिमा सहयोग पुर्याउन आफ्ना इन्स्ट्रक्टरलाई नेपाल पठाउन लागेको महासचिव चन्दले एयरपोर्टमा सञ्चारकर्मीलाई जानकारी दिए ।
नेदरल्यान्डपछि स्वीजरल्यान्डको लुजानमा रहेको एफआईभीबीको मुख्यालयको अवलोकन गरिने महासचिव चन्दले जानकारी दिए । उनले स्वीजरल्यान्डमा रहँदा दुई पक्षीय सहयोगका विषयमा पनि छलफल हुने जानकारी दिए ।
अध्यक्ष शर्मा र महासचिव चन्दलाई भलिबल संघका सचिव श्याम श्रेष्ठ,सदस्य रिता कोईराला,अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्दबदना राई,प्रशिक्षक,खेलाडीहरुले एयरपोर्टमा बिदाइ गरे । उनीहरु असार १४ गते नेपाल फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस्