३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


लण्डनको ग्रेनफेल टावरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १२ पुग्यो


0
Shares

लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा अन्य ७८ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर छ ।

आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीहरुले जनाएका छन् ।

टावरभित्र फसेका ६५ जनालाई अग्निनियन्त्रकले सकुशल उद्धार गरेका छन् ।

२४ तले ग्रेनफेल टावरमा १ सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ ।

आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको र धेरैजसो सुतिरहेका थिए ।

टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो नियन्त्रणमा लिन ४० भन्दाबढी अग्निनियन्त्रण इन्जिन र दुई सय जना अग्निनियन्त्रक खटिएका थिए ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताएकी छन् । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।(एजेन्सी)