
यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहिनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् ।
यादवका प्रेस सल्लाहकार महेश चौरसियाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेसका लागि घातक छ ।’ आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिंगो मधेसको अस्तित्वमाथि ठाढो प्रहार भएको टिप्पणी उनले गरेका छन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्