
हरि शर्मा (इमेज)
नवलपरासी, असार १९ । नवलपरासीको सुस्तामा पानी निकास नहुँदा डुबान भएको भन्दै नवलपरासीका स्थानीयवासीले गन्डक नहर फुटाएका छन् ।
नहरका कारण लक्ष्मीपुरको २०० भन्दा बढी विगाहको धानबाली डुबानमा परेको जनाउँदै उनीहरुले मंगलबार नहर फुटाएका हुन् ।
पानी निकास गर्ने साइफन भारतीय पक्षले मर्मत नगर्दा डुबानमा परेको स्थानीयको गुनासो छ ।
नहर फुटाएपछि स्थानीय जनप्रतिनिधि र गन्डक सिँचाइ व्यवस्थापनको प्राविधिक टोलीले निरीक्षण गरेको थियो ।
नहर फुटाएकोबारे भारतीय पक्षलाई जानकारी गराइएको र उनीहरुले आन्तरिक छलफलपछि समस्या समाधान गर्न आउने प्रतिक्रिया दिएको डिभिजन कार्यालयका प्रमुख टिकाराम बरालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले तत्कालको समस्या टार्न स्थानीयले बाँध फुटाएको र सामान्य अवस्था आएपछि पुर्नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्