Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


पोर्चुगललाई पराजित गर्दै चिली फाइनलमा


0
Shares

रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भयो । निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो ।
थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो ।

टाईब्रेकरमा चिली ३–० ले विजयी भयो । चिलीका भिडाल, आराग्वेज र सान्चेजले लगातार तीन गोल गर्दा पोर्चुगलका करिज्मा, मौटिन्हो र नानीको प्रहार खेर गएको थियो ।

जितसँगै लेटिन अमेरिकी च्याम्पियन चिली उपाधि नजिक पुग्दा युरोपियन च्याम्पियन पोर्चुगलको यात्रामा भने पूर्णविराम लागेको छ । चिलीले अब उपाधिका लागि जर्मनी र मेक्सिकोबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।