Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाली फुटबल टोलीको बिदाइ, शनिबार युएईसँग खेल्ने


0
Shares

बिहीबार बिहान युएई जाँदै गरेको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा दिएर बिदाइ गरे ।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनन छन् । उद्घाटन खेलमा नेपालले शनिबार युएइईसँगै खेल्दैछ ।

सन् २०१८ मा चीनमा हुने फाइनल चरणको च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ ।

त्यस्तै, आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सीधै छनोट हुनेछ ।