११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोशी कटानमा भारतीय जिप दुर्घटना, ६ जनाको मृत्यु


0
Shares

इनरुवा, असार १९ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक ६ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ०६ पीबी ६४१८ नम्बरको स्कारपिओ जिप आफैँ अनियन्त्रित हुँदा छजनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । (रासस)