ललितपुर महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटन गर्दै उनले सांस्कृतिक, समुन्नत र स्वस्थ शहरसहितको नमूना शहर बनाउने उद्घोष गरेका हुन् ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, दिगो शहरी पूर्वाधारको विकास, वैकल्पिक उर्जा प्रवद्र्धनको विकास, लैंगिक समानता, पर्यटन विकास, भौतिक पूर्वाधार नीतिलाई प्राथमितामा राखेको उनको भनाई थियो ।
महानगपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्यको व्यवस्था गर्ने, फोहोरमैला व्यवस्थापन र वातावरण सुधार नीतिलाई अवलम्बन गरिने उनको भनाई थियो ।
उनले आर्थिक बर्ष २०७४/७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेटसमेत प्रस्तुत गरे ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले स्थानीय सरकारको अवधारणाअनुसार महानगरले जनताको सेवामा काम गर्ने विश्वास व्यक्त गरे ।
उनले बजेट तथा नीति कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा ललितपुरका सांसद् तथा प्रतिनिधिहरुले राजनीतिबाट माथि उठेर जनताको काममा लाग्न महानगरपालिका नेतृत्वलाई सुझाव दिएका थिए ।
महानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउनु पर्ने र स्थानीयस्तरका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरुको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्