Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित


0
Shares

सिंगापुरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सोमबार आयोजक टोलीलाई ४ विकेटले हराएको हो ।

सिंगापुर क्रिकेट क्लब पदाङमा घरेलु टोलीले दिएको ७४ रनको झिनो चुनौती नेपालले १७ ओभर ३ बलमै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रनित थापामगरले २६ बलमा २३ तथा अनिल शाहले २२ बलमा १९ रन जोडे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा अल आउट हुनुपूर्व ७३ रनमात्रै जोड्न सक्यो ।

ब्रिजु ऐयरले ४२ तथा सिन अग्रवालले ११ रन बनाउनुबाहेक कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

शानदार बलिङ गर्नेक्रममा कप्तान सन्दीप लामिछानेले ५, शहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।

पहिलो दिनको अर्को खेलमा अफगानिस्तानले मलेसियालाई ८ विकेटले हरायो ।

नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सम्मिलित एसियाको छनोटमा सबै टिमले आपसमा २/२ खेल खेल्नेछन् ।

विजेताले १९ वर्षमुनिको विश्वकप क्रिकेटमा ठाउँ बनाउनेछ । दोस्रो खेलमा नेपालले मंगलबार मलेसियासँग खेल्नेछ ।