Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


एसियन कप फुटबल छनोटका सबै खेलमा नेपाल पराजित, लेबनानसँग २-० को हार


0
Shares

युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् ।

खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो ।

बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो ।

तीन खेलमा १० गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।