७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


रुसको हीरा खानीमा पुरिएका आठ मजदुरमध्ये एक जनाको उद्धार


0
Shares

उनको अवस्था गम्भीर रहेका कारण अस्पताल भर्ना गरिएको छ । रुसको सबैभन्दा ठूलो हीरा खानीमा आएको बाढीमा आठ जना मजदुर हरएका थिए ।

खानीको बीचमा बनाइएको भूमिगत क्षेत्रमा एक सयभन्दा बढी कामदार काम गरिरहेको अवस्थामा बाढी आएको हो ।

बाढीमा फसेका १ सय ४२ कामदारमध्ये १ सय ३४ जनाको जिउँदै उद्धार गरिएको थियो ।

रुसमा हालै आएको बाढीले उक्त खानी पुरै बगाएको थियो । हराइरहेका अन्य सात जनाको भने खोजी जारी रहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)