
दिनेश र तारकेश्वरी राठोर नाम गरेका ती भारतीय प्रहरी अधिकृत दम्पतीले गत वर्ष सफलतापूर्वक सगरमाथा आरोहण गरेको दाबी गर्दै विभिन्न प्रमाण पेस गरेका थिए ।
तर, महाराष्ट्र राज्यको प्रहरीले उनीहरुले फोटोसप प्रविधिको प्रयोग गरी जोडजाड पारिएको तस्वीर तयार गरेको निश्कर्ष निकालेको हो ।
गत वर्ष मे २३ मा सगरमाथाको चुचुरोमा पुगेको उनीहरुको दाबीमाथि अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो ।
यसअघि, नेपालले राठोर दम्पतीको दाबी झुठो भन्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्