भूकम्पले क्षति पुर्याएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमै समस्या भएको हो ।
भूकम्पले भत्किएको कारागार भवन अझै पुनर्निर्माण हुन सकेको छैन ।
जिल्ला अदालत रसुवाले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएका तथा कैद भुक्तानी गरिरहेका भन्दा पनि बाहिरी जिल्लाबाट जेल परिवर्तन गरेर आएका कैदीबन्दीका कारण कारागार अस्तव्यस्त बन्दै गएको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले ६ जना महिलासहित १ सय १५ जना कैदीबन्दी छन् ।
सरकारले कैदीबन्दीका लागि दिएको स्वास्थ्य सेवा, खेलकुदलगायतका सुविधाबाट समेत उनीहरु बञ्चित भएका छन् ।
भूकम्पले कारागार भवन ध्वस्त बनाएसँगै बन्दीलाई अस्थायी टहरामा राखिएको कारागार प्रशासनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्