
मार्कवेज मेक्सिकोको एउटा कुख्यात लागु औषध तस्करहरुको समूहसँग निकट रहेको भन्दै अमेरिकाले प्रतिबन्धमा राखेको हो ।
यो निर्णयसँगै मार्कवेज र उनको परिवारका कुनै पनि सदस्यको नाममा रहेको सम्पत्ति र व्यावसायिक कारोबारमाथि अमेरिकामा प्रतिबन्ध लागेको छ ।
लागु औषध तस्कर समूहका नाईके राउल फ्लोरेस हर्नान्डेजसँग मार्कवेजको असाध्यै निकट सम्बन्ध रहेको र तस्करीको सम्पत्ति लुकाउन मार्कवेजले सहयोगीको भूमिका खेलिरहेको अमेरिकी जिकिर छ ।
अमेरिकाले मार्कवेजसँगै मेक्सिकन गायक हुलियो सिजर अल्भारेज र अन्य २१ व्यक्तिका ४२ संगठनलाई प्रतिबन्धको सूचीमा राखेको हो ।
चार पटक विश्वकप फुटबल खेलेका मार्कवेजले स्पेनिस फुटबल क्लव बार्सिलोना र फ्रेन्च क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्