
-कपिलदेव खनाल/ईमेज
विस्थापित भएकाहरु नुवाकोट मनकामनाको शान्तिबजारस्थित त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको भवनमा शरण लिएर बसिरहेका छन् ।
साउन २२ गते राति गएको पहिरोमा परेर रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा चार जनाको मृत्यु भयो ।
पहिरोले आठ घर पुरिए भने १५ घर परिवार विस्थापित भएका छन् ।
बस्ती माथीको घनाजंगलको दुई ठाउँबाट बगेको पहिरोले यहाँका बासिन्दालाई तहसनहस बनाएको हो ।
विस्थापित भएकाहरुले २०७२ सालको भूकम्पले ध्वस्त भएका घर ऋण खोजेर मात्र भर्खरै मात्र ठड्याएका थिए ।
नयाँ घरमा सरेको एक महिना वित्ने वितिक्कै उनीहरु पुनः घरवारविहीन भएका छन् ।
भूकम्प प्रभावितहरुले पहिलो किस्ताको रकम मात्र लिन पाएका थिए ।
दोस्रो किस्ताको रकम निकासा हुने बेलामा बनाएको घर नै भत्काइदिएपछि उनीहरुलाई थप पीडा भएको छ । अब घर बनाउन जग्गासमेत नभएको गुनासो उनीहरुको छ ।
पहिरोले विस्थापित भएकाहरुलाई अहिले दैनिक गुजाराकै समस्या छ ।
घरमा भएका सम्पूर्ण सामानसमेत पहिरोले लगिदिएपछि खानेकुराको समेत समस्या परेको पीडितहरु बताउँछन् ।
पहिरोले पैरेवेशी र त्यो भन्दा माथीको गाउँबाट गरी अहिलेसम्म ३५ घरपरिवार विस्थापित भइसकेका छन् ।
विस्थापित हुनेहरुको संख्या अझ बढ्न सक्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।
विस्थापित भएकाहरु अहिले एकै ठाउँमा भेला भएर बसेका छन् । उनीहरुलाई तत्कालका लागि विभिन्न संघसंस्थाले केही राहत उपलब्ध गराइरहेका छन् ।
तर विस्थापितहरुका समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारले नै तत्काल केही पहल गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्