३१ प्रजिअको सरुवा, काठमाडौंमा केदारनाथ शर्मा « Imagekhabar – Online News Portal of Nepal


३१ प्रजिअको सरुवा, काठमाडौंमा केदारनाथ शर्मा


0
Shares

मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो ।

सोअनुसार केदारनाथ शर्मा–काठमाडौं, विनोदप्रकाश सिंह–पर्सा, ऋषिराम तिवारी–झापा, रामप्रसाद आचार्य–मोरङ, श्यामप्रसाद भण्डारी–धादिङ, बाबुराम श्रेष्ठ–महोत्तरी, भागीरथ पाण्डे–सप्तरी र महेश आचार्य–स्याङ्जाको प्रजिअमा सरुवा भएका छन् ।

यसैगरी, कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा भएका छन् । रासस