Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


तीर्थ बस्नेतको ह्याट्रिकले सगरमाथा सेमिफाइनलमा


0
Shares

शुक्रबार भएको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै सगरमाथा अन्तिम चारमा पुगेको हो ।

सगरमाथाको जितमा तीर्थ बस्नेतले ह्याट्रिक गरे । पाँचथरका चरण बस्नेतले एक सान्त्वना गोल फर्काएका थिए । तीर्थ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

अब सेमिफाइनलमा सगरमाथाले सशस्त्र प्रहरी दमकसँग खेल्नेछ । त्यस्तै, आयोजक नवप्रयास क्लब ताप्लेजुङ र चर्च ब्वाइज क्लब काठमाडौं भिड्नेछन् ।