१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


नवलपरासीको बर्दघाटका ७० घर–परिवार विस्थापित


0
Shares

नवलपुर, असार १८ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर–परिवार विस्थापित भएका छन् ।

वडा नम्बर–३ लगुनाहाको बिसइटोलमा बाढीले अन्नपात, खाद्यन्न, लत्ताकपडा, वस्तु–चौपायसमेत बगाएपछि उनीहरु विस्थापित भएका हुन् ।

डुबानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बेसक्याम्प सेमरीको टोलीले उद्धार गरी उच्च स्थानमा रहेको महिला भवनमा राखिएको छ ।

बाढीका कारण के–कति क्षति भयो ? भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।