ताप्लेजुङमा छुरा प्रहारबाट युवक घाइते « Imagekhabar – Online News Portal of Nepal


ताप्लेजुङमा छुरा प्रहारबाट युवक घाइते


0
Shares

मंगलवार राति करिव १० बजे फुङलिङ नगरपालिका ४ का स्थानीय १७ बर्षीय प्रितम गुरुङलाई सोही स्थानका २१ बर्षीय राजा लिम्बूले छुरा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले वताएको छ ।

घाइते गुरुङको ताप्लेजुङमा उपचार हुन नसके पछि रातिनै विर्तामोडको वि एण्ड सि अस्पतालमा रेफर गरिएको थियो ।

पेटमा छुरा प्रहार भएकाले ठुलो आन्द्रामा समस्या भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

छुरा प्रहार गर्ने राजा लिम्बू फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।