वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान डुबानमा • Image Khabar Image Khabar


वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान डुबानमा


Imagekhabar
१८ असार २०७५, सोमबार ०२:५०

वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान डुबानमा

वीरगन्ज, असार १८ । अविरल वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न स्थान सोमबार डुबानमा परेको छ ।

वीरगन्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवालगायतका क्षेत्र डुबानमा परेका हुन् ।

वीरगन्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमासमेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती व्यहोरेका छन् ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलमा पनि पानी पसेको छ ।

घर तथा पसलबाट निस्कने फोहोर जथाभावी सडक र नालामा फाल्दा नाला जाम भएर वर्षेनि पानी पर्नेबित्तिकै वीरगन्जका अधिकांश सडक तालमा परिणत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्