१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ « Imagekhabar – Online News Portal of Nepal


१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ


0
Shares

सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एकहजार जरिवाना र एकमहिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

दोषी भट्टराईलाई बिहीबार (आजै) जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस