
सरकारले बाढी–पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहतस्वरुप जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
सोहीअनुसार पीडित परिवारलाई झापा क्षेत्र नम्बर–५ का सांसद केशवकुमार बुढाथोकी, झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बिहीबार संयुक्तरुपमा ६ जना मृतकका आफन्तलाई गाउँपालिका प्रमुखको रोहवरमा राहत रकम हस्तान्तरण गरेका हुन् ।
बाढीले बगाएर ज्यान गुमाएका कचनकवल गाउँपालिकाका राम भनिने पवन राजवंशीका बाबु तुफान राजवंशी, झापा गाउँपालिकाका मृतक कुलसुम खातुनका बाबु सराफल अन्सारी, मृतक धनमाया घोर्सानेका आफन्त दुर्गाबहादुर घोर्साने, मृतक कमला दर्नाल र खुसी दर्नालकी आफन्त मनमाया दर्नाल, मृतक कालीप्रसाद राजवंशीकी बुहारी डोल्मादेवी राजवंशीलाई रकम प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्