
काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको ना ५च ५९५९ नंको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ८४ प ९७७२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका– १ सरस्वतीखेल बस्ने ५० वर्षीय रञ्जन कार्की रहेकोे प्रहरीले जनाएको छ ।
ठक्करलगत्तै घाइते कार्कीलाई उपचारको लागि बिएण्डबी अस्पतालमा पुर्याइएपछि मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
प्रहरीले टिपरका चालक भक्तपुर नगरपालिका– ५ बस्ने ४१ वर्षीय आकाश लोहलालाई नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्