रोल्पामा घर भत्कँदा सुत्केरी र शिशुसहित तीनजनाको मृत्यु • Image Khabar Image Khabar


रोल्पामा घर भत्कँदा सुत्केरी र शिशुसहित तीनजनाको मृत्यु


Imagekhabar
१८ असार २०७५, सोमबार ०२:४१

रोल्पामा घर भत्कँदा सुत्केरी र शिशुसहित तीनजनाको मृत्यु

लोकेन्द्र चन्द (इमेज)

रोल्पा, असार १८ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा अविरल वर्षाका कारण राजकुमार विकको घर भत्कँदा सोमबार तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा रुन्टीगढी गाउँपालिका–५, सैवाङका २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र छिमेकी १५ वर्षीया चित्रा विक छन् ।

आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको हो भने १८ दिनकी सुत्केरी कमलाको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पामा घर भत्कँदा सुत्केरी र शिशुसहित तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्