
चितवन, असार १८ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत टोपे खोला भन्ने स्थानमा ठूलो पहिरो खसेको छ ।
आज विहान ११ः५० बजेको समयमा पुनः ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा बन्द भएको हो ।
यसअघि बिहानैदेखि स–साना पहिरोले बाटो अवरुद्ध हुँदै आईरहेको थियो । अहिले पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
पहिरो ठूलो भएकाले र निरन्तर वर्षा भईरहेकोले पूर्ण रुपमा बाटो संचालन गर्न धेरै समय लाग्न सक्ने उनले बताए । उनले आजको दिन नारायणगढ–मुग्लिन सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न आग्रह गरे ।
केही दिन यता वर्षा हुन थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्