बुधबार राजधानीमा भएको कार्यक्रममा डिसहोम एक्सन स्पोर्टस् र नेपाल खेलकुद पत्रकार मञ्चबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भदौ २६ गते आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको पछिल्लो संस्करणमा विभिन्न ८ विधामा खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिँदैछ ।
डिसहोमले ८ ओटै विधाका विजेतालाई डिसहोमको सेटअप बक्स र एक वर्षसम्मको रिचार्ज कार्ड उपलब्ध गराउनेछ ।









प्रतिक्रिया दिनुहोस्