Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीले जीर्ण झोलुङ्गे पुलमा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्दै (भिडियो)


0
Shares

साविक भगवानपुर गाविसको मानपुर र जोशीडिहवा गाउँलाई जोड्ने पुलको पर्खालसँगै फाउन्डेसनसमेत बाढीले भत्काएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको पुलको फाउन्डेसन अघिल्लो वर्ष पनि बाढीले भत्काएको थियो ।

१२० मिटर लम्बाइको यो पुलले १ सय ५० भन्दा बढी घरपरिवारलाई सघाउ पुर्‍याउने अपेक्षा गरिएको भए पनि स्थानीयले सुविधा पाउनुको सट्टा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ ।

ट्रेल ब्रिज सपोर्ट युनिट (टि.बि.एस.यु) को लगानीमा जिल्ला विकास समितिमार्फत लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालको समन्वयमा उपभोक्ता समिति गठन गरी पुल निर्माण गरिएको थियो । पुल निर्माणका लागि ५४ लाख रुपैयाँको ठेक्का भए पनि उपभोक्ता समितिले १९ लाख रुपैयाँमात्र पाएको समितिका अध्यक्ष सुदिप त्रिपाठीले जानकारी दिए ।

पुलको फाउन्डेसनमा वरिपरि ढुंगाको पर्खाल लगाइए पनि बीचमा बालुवामात्र भरिएकाले बाढीले बगाएको स्थानीयको आरोप छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्