गएराति भएको प्ले अफ दोस्रो लेगको खेलमा जर्मनीको होफनहाईमलाई ४–२ ले हराउँदै लिभरपुल समूह चरणमा पुगेको हो । लिभरपुललाई विजयी गराउन जर्मन खेलाडी एम्रे च्यानले दुई गोल गरे भने मोहोमद सलाह र रोबर्टो फर्मिनोले एक–एक गोल गरे ।
पहिलो लेगमा २–१ ले विजयी भएको लिभरपुल गएरातिको खेलपछि समग्रमा ६–३ ले विजयी हुँदै समूह चरणमा पुगेको हो ।
च्याम्पियन्स लिग प्ले अफका अन्य खेलहरुमा स्विट्जरल्याण्डको योङ ब्वाइजलाई हराउँदै रुसको सिएसकेए मस्को, रोमानियाको स्टावा बुकारेष्टलाई हराउँदै पोर्चुगलको स्पोर्टिङ, डेनमार्कको एफसी कोपनहेगनलाई पाखा लगाउँदै अजरबैजानको एफके काराबाग र चेक गणतन्त्रको स्लाभिया प्रागलाई हराउँदै साईप्रसको अपोईल निकोसिया पनि समूह चरणमा पुगेका छन् ।









प्रतिक्रिया दिनुहोस्