नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा • Image Khabar Image Khabar


नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा


Imagekhabar
१७ असार २०७५, आईतवार २०:५१

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन् ।

पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्