Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


पल्सर स्पोर्टस् अवार्डलाई कम्तीमा १० लाख रुपैयाँ सहयोग गर्ने राखेपको प्रतिबद्धता


0
Shares

अवार्डको तयारीबारे शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले परिषद सदैव मञ्चको साथमा रहेको बताउँदै हरेक संस्करणका लागि कम्तीमा १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले परिषदबाटै खेलाडी पुरस्कृत गर्ने सोच बनाएपनि पल्सर अवार्डको चर्चा बढेकाले यसलाई नै समर्थन गर्ने सोचमा पुगेको पनि बताए ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले आयोजक मञ्च भएपनि यसको विस्तार र निरन्तरताका लागि सरकारले स्वामित्व लिइदिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ तथा पूर्वअध्यक्ष दीपक विष्टका साथै क्रिकेट कप्तान पारस खड्काले अवार्डले खेलाडीहरुलाई निकै हौसला मिलेको बतबाए ।

पल्सर स्पोर्टस् अवार्डको १४औं संस्करण भदौ २६ गते सोमबार राजधानीमा हुँदैछ । पुरस्कार समारोहको तयारी पूरा भएको मञ्चले जनाएको छ ।

विभिन्न ८ विधाका खेलाडी, प्रशिक्षक तथा खेलकर्मी पुरस्कृत हुँदैछन् । वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड र प्रशिक्षकले पल्सर मोटरसाइकल पाउनेछन् भने अरु विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।