Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कमल र महंती सेमिफाइनलमा भिड्ने


0
Shares

बुधबार भएको क्वार्टरफाइनलमा कमलले गोरखाका राजु श्रेष्ठलाई ६–१ र ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

त्यसैगरी, महंतीले क्वार्टरफाइनलमा नेपाली खेलाडी मानसिंह थापालाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे ।

बिहीबार हुने भण्डारी र महंतीबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै कडा प्रतिस्र्धाकारुपमा हेरिएको छ ।

प्रतियोगितामा तेस्रो मुलुकका एकमात्रै खेलाडी फिन्ल्यान्डका पिक्का रन्तला प्रतियोगिताबाट बाहिरिएका छन् । उनी क्वार्टरफाइनलमा भारतका कमलेश शुक्लासँग ६–१ र ६–१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

भारतकै स्वर्णदीप सिंह ढोढीले पनि सेमिफाइनलमा स्थान बनाए । ढोढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–१ र ६–२ को सहज सेटमा पराजित गर्दै अर्का भारतीय खेलाडी कमलेशसँगको सेमिफाइनल भेट पक्का गरेका हुन् ।

४५ वर्षमाथिको एकलमा भारतका चन्द्र भूषण, नेपालका प्रताप मोक्तान र नेपालकै विमल गुरुङ सेमिफाइनल पुगेका छन् ।

चन्द्र भूषणले मनोजविक्रम शाहलाई ६–१ र ६–१ ले, प्रतापले आशिष सिग्देललाई ७–५, ३–६ र ६–२ मा र विमलले राजु श्रेष्ठलाई ६–४, १–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

५५ वर्षमाथिको एकलमा भारतका प्रदीपकुमार गुप्ता, नेपालका झ्याम्बा ढुण्डुप, मनोजशम्शेर राणा र समिर शेरचनले सेमिफाइनलमा स्थान बनाएका छन् ।