Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा


0
Shares

पहिलोपटक यो उमेर समूहको मुख्य प्रशिक्षकको भूमिका सम्हालेका छिरिङ लोप्साङले बुधबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

गोलकिपर अपर्ण कार्कीले कप्तानी तथा फरवार्ड प्रेजेन तामाङले उपकप्तानीको जिम्मेवारी सम्हाल्ने टिममा गोलकिपरमा सन्देश गुरुङ र अभिषेक बराल रहेका छन् ।

डिफेन्डरमा विश्वास उदास, सुमन अर्याल, रोमन लिम्बू, आकाश श्रेष्ठ, अशिम भुषाल, विकास खवास, निराजन महर्जन र राजन गुरुङ रहेका छन् ।

मिडफिल्डरमा दिनेश हेन्जन, अशोक मगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङ्दम्बे, राजीव लोप्चन र राम वोजी रहेका छन् ।

त्यस्तै, फरवार्डमा उपकप्तान प्रेजेनसँगै दिराज श्रेष्ठ, रेजिन सुब्बा र दिपेश आलेमगर रहेका छन् ।

सहायक प्रशिक्षकमा पुष्कर शाही रहेका छन् भने गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य गणेश चन्द्रले व्यवस्थापकको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतियोगितामा नेपाल र आयोजक भुटानसहित भारत, बंगलादेश र माल्दिभ्स गरी दक्षिण एसियाका पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले पहिलो खेल असोज ४ गते भुटानसँग खेल्दैछ । शीर्ष स्थानमा रहने टिम विजेता घोषित हुनेछ भने दोस्रो स्थानमा रहने टिम उपविजेता हुनेछ ।