बुधबार भएको खेलमा बिर्तामोडले गोधुली क्लब सुनसरीलाई टाइब्रेकरमा ४–१ ले पराजित गदै सेमिफाइनलमा ठाउँ बनाएको हो ।
यसअघि, निर्धारित् समयसम्म १–१ को बराबरी भएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलकोे २५औं मिनेटमा गोधुलीका दोर्जे तामाङले गोल गदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गदै बिर्तामोडका कर्ण लिम्बूले गोल फर्काएपछि खेल बराबरी भएको हो ।
खेलको ‘म्यान अफ द म्याच’ बिर्तामोडका सुबिन लिम्बू घोषित भए ।
पहिलो सेमिफाइनलमा बिहीबार ब्वाइज युनियन क्लबले बेलबारी फुटबल क्लबसँग खेल्नेछ ।









प्रतिक्रिया दिनुहोस्