शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता बीआरसी भुटानलाई ४–० ले पराजित गर्दै बिर्तामोड युनाइटेड फाइनलमा पुगेको हो ।
बिर्तामोडको जितमा खामिर गिल्सन कन्दङ्वा, योगेश गुरुङ, कर्ण लिम्बू र बुद्ध लिम्बूले एक–एक गोल गरे ।
खेलको ‘म्यान अफ द म्याच’ योगेश गुरुङ घोषित भए ।
बिर्तामोडले उपाधिका लागि अब ब्वाइज युनियन क्लब काठमाडौंसँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।









प्रतिक्रिया दिनुहोस्