Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एसीसी यू-१९ क्रिकेटमा नेपाल र मलेसिया भिड्दै


0
Shares

मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मलेसियालाई पराजित गरे नेपाल एसिया कपमा छनोट हुने छ ।

समूह चरणका सबै खेल जित्दै समूह बिजेताको रुपमा सेमिफाइनल पुगेको नेपालले अर्को समूहको उपविजेता मलेसियालाई प्रतिस्पर्धी पाएको हो ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हङ्कङ र सिंगापुर भिड्ने छन् ।

सेमिफाइनलमा जित हात पार्दै फाइनल पुग्ने दुई टोली एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा छनोट हुने छन् ।