भारतको चेन्नईमा अभ्यासरत् नेपाली टिमले पहिलो खेलमा सफलता हासिल गरेको छ ।
नेपालले मंगलबार भएको खेलमा स्थानीय टिम इन्डिगुल ड्रागन्सलाई १५३ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियो । सोमपाल कामीले ६६ तथा बसन्त रेग्मीले अविजित ५६ रन जोडे ।
जवाफमा मैदानमा उत्रिएको ड्रागन्सले ३५ ओभर ३ बलमात्र क्रिजमा टिकेर ६३ रन बनाउन सक्यो ।
दुई खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङमा नेपालका सागर पुनले ८ रन खर्चेर ३ तथा सोमपाल र सन्दीप लामिछानेले समान २/२ विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्नेछ ।
नेपालले असोज २७ र २९ गते हङकङकै मैदानमा च्याम्पियनसिप खेल्दैछ ।









प्रतिक्रिया दिनुहोस्