Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एइबरको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीले गरे ४ गोल


0
Shares

मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।

लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे ।

एइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् ।

लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।