हल्चोकस्थित एपीएफको मैदानमा खेल दिउँसो साढे ३ बजे हुने छ ।
खेलको पूर्व संध्यामा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले बलियो इराकविरुद्ध जित्नकै लागी मैदान उत्रने बताएका छन् ।
उनले गल्ति सुधार गरेर खेल्ने हो भने आफ्नो टोली दोस्रो चरण पुग्न सक्षम रहेको दाबी गरे ।
छनोटमा नेपाल र इराकसहित प्यालेष्टाइन तथा भारतले प्रतिस्पर्धा गर्दे छन् ।
समूहको शीर्ष स्थानमा रहने टोली एएफसी अन्डर सिक्सटिन च्याम्पीयन्सीपमा छनोट हुने छ ।









प्रतिक्रिया दिनुहोस्