Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


भारत्तोलनतर्फ पनि नेपाली खेलाडीहरुको चुनौती समाप्त


0
Shares

पुरुष ६९ केजी तौल समूहमा नेपालका प्रकाश केसीले स्न्याचतर्फ १०० र क्लीन एन्ड जर्कमा १२५ केजी गरी कुल २२५ केजी भार उचाले ।

यो समूहमा स्न्याचमा ११७ केजी तथा क्लीन एन्ड जर्कमा १४२ केजी गरी कुल २५९ केजी भार उचालेका बंगालादेशी खेलाडी सिमुलकान्ती सिंह अर्को चरणको लागि छनोट भए ।

यसैगरी, महिला ५८ केजी तौल समूहमा नेपालकी कमला श्रेष्ठ समूह चरणबाटै बाहिरिइन् । स्न्याचतर्फ ६८ र क्लीन एन्ड जर्कमा ८० केजी गरी कुल १४८ केजी भार उचालेकी कमला अर्को चरणमा पुग्न सकिनन् ।

यी दुई खेलसँगै जारी प्रतियोगिताको भारत्तोलनतर्फ पनि नेपाली खेलाडीहरुको चुनौती समाप्त भएको छ ।

यसअघि मुवाथाई र तेक्वान्दो खेलमा पनि नेपाली खेलाडीहरुको चुनौती समाप्त भइसकेको छ ।

अब पौडी, किक बक्सिङ र बुद्धिचालका खेलहरु हुन बाँकी छ ।

त्यस्तै, बास्ककेटबलमा पनि समूहको एक खेल बाँकी छ । बास्केटबलको दुई खेलमा भने नेपालले उज्वेकिस्तान र कीर्गिस्तानसँग हार व्यहोरिसकेको छ ।