Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


भलिबल खेलाडी प्रतिभा माली प्रशिक्षणका लागि नेदरल्यान्डस् जाँदै


0
Shares

‘न्यु डायमन्ड एकेडेमी’बाट घरेलु प्रतियोगिता खेल्ने मालीले यसअघि मालिदभ्सको क्लबबाट ब्यावसायिक लिग खेलेकी थिइन् ।

नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा तीन साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड्स जान लागेकी मालीलाई उनी ‘ब्रान्ड एम्बेस्डर’ रहेको खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्टसले बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

कार्यक्रममा बोल्दै साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले नेदरल्यान्डस्को प्रशिक्षणले प्रतिभालाई मात्र नभई समग्र राष्ट्रिय भलिबल टोलीलाई नै फाइदा पुग्ने बताए ।