Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


‘भगवान’ बनाउन भ्याइ–नभ्याइ ! (भिडियोसहित)


0
Shares

विजयादशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने दुर्गाभगवतीसहितका देवी–देवताको माटोका मूर्ति बनाउन मूर्तिकारहरुलाई चटारो भएको हो ।

मूर्ति निर्माण अन्तिम चरणमा पुगेकाले मूर्तिकारहरु अहिले सजावट तथा रङ–रोगन गर्दैछन् ।

कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउँपालिकामा गरी विजयादशमीमा ४०० बढी ठाउँबाट दुर्गाका मूर्ति निकालिँदै आएको छ ।

जिल्लाका कालीगढहरुले मागजतिको मूर्ति आपूर्ति गर्न नसक्दा भारतको बिहारबाटसमेत मूर्ति ल्याउनुपर्ने अवस्था रहेको छ ।

बिहारबाट आएका चारजना कालीगढले अहिले कृष्णनगर र छोट्की गुरचिहवामा मूर्ति बनाइरहेका छन् ।

कोही मूर्तिहरुमा रङ–रोगन गर्दैछन् भने कोही देवी–देवताका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको व्यवस्था गरिरहेका छन् ।

दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, रागा, सर्प र देवी–देवताका मूर्ति तयार भइरहेका छन् ।

मूर्तिकारले मूर्तिका लागि चाहिने औजार र सजावटका सामग्रीहरु भारतबाट ल्याउने गरेका छन् ।

सप्तमीका दिन अबेर रातिदेखि विशेष पूजा–अर्चना गरी मूर्ति स्थापना गरिन्छ ।

डेढ महिनादेखि मूर्ति बनाउन सुरु गरेको र मागजतिको मूर्ति पूर्ति गर्न नसकेकाले यस वर्ष १५ सेट मूर्ति बनाएर बिक्री गर्ने मूर्तिकार संग्राम अग्रहरी बताउँछन् ।

यस्तै, मूर्तिकार कृष्णदयाल ठाकुर एक सिजनमा प्रतिसेट १५ हजारदेखि ३० हजारसम्मको मूर्ति बिक्री गर्ने बताउँछन् ।

जिल्लाको कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज तथा सदरमुकाम तौलिहवामासमेत दुर्गाझाँकी प्रदर्शन गरिने हुँदा मूर्तिको माग बढेको कालीगढहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्