Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


बार्सिलोनाले गिरोनालाई हरायो, स्वारेजले गरे गोल


0
Shares

लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३-० गोलले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो ।

बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे ।

दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ ।

समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।