Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एएफसी यू-१६ फुटबलको छनोटमा आज नेपाल र प्यालेस्टाइन भिड्दै


0
Shares

सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा नेपाल र प्यालेस्टाइनबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुने छ ।

नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले हराए र अर्को खेलमा इराकले भारतलाई हराए उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियसिपमा छनोट हुने नेपालको सम्भावना कायमै रहन्छ ।

समूहको पुछारमा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोस्रो स्थानमा छन् ।

भारत र इराकबीचको खेल पनि आजै हुँदै छ ।

१० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।