Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


भन्सारमा अवैध सामान पत्ता लगाउने ‘ब्यागेज एक्सरे मेसिन’ जडान


0
Shares

‘ब्यागेज एक्सरे मेसिन’ जडान गरि सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख विकास कुमारले भन्सारलाई प्रणाली र प्रविधियुक्त बनाउन यात्रुका सामान चेकचाँज गर्ने आधुनिक मेसिन जडान गरिएको जानकारी दिए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा झन्डै एक करोड रुपैयाँभन्दा बढी मूल्यपर्ने मेसिन जडान गरिएको हो ।

मेसिनमा यात्रुका झोला र यात्रुलाई छिराउने गेट राखिएको छ ।

मेसिन सञ्चालनमा आएसँगै झोलाभित्र कुनै अवैध सामान भए तुरुन्तै थाहा हुने भएकाले प्रविधिले सीमा क्षेत्रमा हुने अवैध काम रोक्नसमेत सहयोग पुग्ने र सर्वसाधारण यात्रुलाई सुविधा हुने भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ

भन्सारमा आधुनिक मेसिन जडान गरी सञ्चालनमा आएपछि कञ्चनपुरका उद्योगी व्यवसायीले स्वागत गरेका छन् भने भारतबाट रोजगारी गरी आउने सर्वसाधारणले आफूसँग ल्याएको झोला चेक जाँच गराउन घण्टौ लाईनमा बस्नुपर्ने वाध्यतासमेत हटेको बताएका छन् ।

Skip This