Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


टेलिकमको गुणस्तर सुधार्न सुशासन समितिको निर्देशन


0
Shares

टेलिकमले जिम्मेवारी पूरा नगरेको भन्दै समितिले संस्थाको व्यवस्थापन सुधार्न पनि निर्देशन दिएको छ । टेलिकमको गुणस्तरप्रति लगातार जनस्तरबाट गुनासो आए पनि स्तरोन्नति नगरेकामा समितिले आपत्ति जनाएको छ ।

बैठकमा सञ्चार सचिव महेन्द्रमान गुरुङले टेलिकमको ल्याण्डलाईनभन्दा बढी मोवाइल सेवामा समस्या रहेको बताए । उनले टावरका कारण विशेष गरी पहाडी क्षेत्रमा समस्या रहेको बताए ।

दशैं लगत्तै बिग्रिएका टावर मर्मत सम्भार गर्ने र नभएका ठाउँमा नयाँ राखिने आश्वासन उनले दिए ।

टेलिकममा पुरानै प्रविधिमा काम भइरहेको भन्दै उनले अब नयाँ प्रविधि भित्र्याइने पनि बताए । १ लाख ४७ हजार नयाँ प्रविधियुक्त ल्यान्डलाईन वितरणका लागि ललितपुरबाट काम शुरु भइसकेको र केही वर्षभित्रै देशका सबै भागमा पुर्‍याइने उनको भनाइ थियो ।

टेलिकमको सम्पूर्ण व्यवस्थापनमा सुधार ल्याउन नियमन गर्ने र सञ्चार ऐन पारित गर्न दुई महिनाभित्र क्याविनेटमा लैजाने तयारी भएको जानकारी पनि उनले गराए ।