Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


मगर पर्यटन समाजमा अनुप थापा


0
Shares

समितिको प्रथम उपाध्यक्षमा राजकुमार थापा मगर, द्वितीय उपाध्यक्षमा सर्वजीत अस्तानी मगर, महासचिवमा जीवन थापामगर, सचिवमा महेश बुढामगर र कोषाध्यक्षमा कर्ण रानामगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जितेन्द्र झाँक्री, तिर्थराज खपाङ्गी, राम थापामगर, हेम पुन मगर, टिका थापा मगर, विन्दु थापामगर छन् ।

नेपाल पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हुँदा हुँदै पनि यसको उचित विकास र खोजीको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचारप्रसार नभएको भन्दै उचित प्रचारप्रसार गन्तब्यको विकासका लागि समाजको स्थापना भएको नवनिर्वाचित अध्यक्ष अनुप थापाले बताए ।

‘आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी र त्यसको प्रचार प्रसारमा गर्दै समग्र पर्यटन विकासको लागि भूमिका खेल्ने उद्देश्य स्वरुप नेपाल मगर पर्यटन समाज खोलेका हौं,’ उनले भने, ‘पर्यटन व्यवसायमा संलग्न मगर व्यक्तित्वहरु सम्मिलित समाजले आफ्नो स्थापनासँगै मगर समुदायभित्रको पर्यटन सम्भावना मात्र नभएर समग्र पर्यटनको विकासको लागि आफुलाई क्रियाशील बनाउनेछ ।

नेपाल मगर पर्यटन समाजले पर्यटकीय कार्यलाई अन्य विभिन्न सम्भावित ठाउँमा समेत विस्तार गर्दै लग्ने र सिंगो नेपालको पर्यटन विकासमा सँगसँगै हिड्ने द्वितिय उपाध्यक्ष राजकुमार थापाले बताए ।

‘हामीले पछि परिरहेको मगर समुदाय र यसका विकासका लागि स्वरोजगारको विकास गर्ने योजना बनाएका छौं,’ राजकुमारले भने, ‘हरेक सम्भावित स्थानमा होमस्टे सहितका आयोजना ल्याएर हरेक समुदायलाई सक्षम बनाउन हामीले यो संस्थाको स्थापना गरेका हौं ।’

होमस्टेको बजारीकरण समाजको मुख्य उद्धेश्य रहेको भन्दै उनले गाउँको विकास नगरी नेपालमा पर्यटनको विकास हुनै नसक्ने दाबी गरे ।

‘साहसिक पर्यटन, पदयात्रा, र्‍याफ्टिङ, हिमाल आरोहणजस्तै ग्रामीण पर्यटन पनि पर्यटनको एउटा पाटो हो । गाउँ पर्यटनको प्रवद्र्धन गर्न सके मात्र दिगो पर्यटन हुनसक्छ,’ राजकुमारले भने ।

सिँचाई राज्यमन्त्री अमरसिंह पुनले सरकारले मगर पर्यटनमा सकेको सहयोग गराउने आश्वासन दिए ।

कार्यक्रममा आविस्कार केन्द्रका लागि नेपाल मगरपर्यटन समाजले २५ हजार रूपैयाँ सहयोग गर्ने बताएको छ । केन्द्रका सञ्चालक महाविर पुनको उपस्थितिमा उक्त रकम घोषणा गरेको हो ।