Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


समूहको अन्तिम खेलमा प्यालेस्टाइनसँग नेपाल पराजित


0
Shares

समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले पराजित भएको हो । सशस्त्र प्रहरीको मुख्यालय हल्चोक मैदानमा भएको खेलको १० मिनेटमै बृजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर त्यसपछि नेपालले २८ औं र ७५ औं मिनेटमा गोल खायो ।

यसअघि नेपालले भारतसँग बराबरी खेल्दा इराकसँग हार बेहोरेको थियो भने प्यालेस्टाइनले दुवै खेल हारेको थियो ।

यता, इराक समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेको छ । नेपाल र प्यालेस्टाइनलाई हराएको इराकले भारतसँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा रहेको हो ।

यता भारत समूहको उपविजेता बनेको छ । इराकको ७ तथा भारतको ५ अंक रहेको छ । प्यालेस्टाइनको ३ तथा नेपालको १ अंकमात्र भयो ।

१० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिने छन् ।