वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ • Image Khabar Image Khabar


वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ


Imagekhabar
१० आश्विन २०७४, मंगलवार १८:१७

वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भन्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए ।

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन् । त्यस्तै, भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, संखुुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा रहेका छन ।

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चारलाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए ।

कटुवा पेस्तोलसहित दुई पक्राउ

यसैगरी, सुनसरीको दुहवी नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहवी नगरपालिका–८ का मुरतुजा मियाँ र इनरुवा नगरपालिका–७ चान्दवेलाका कुर्वान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी अधिकृतको टोलीले दुबै जनालाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक र सोमा लाग्ने गोली एकथान बरामद भएको प्रहरी नायब उपरीक्षक चिमरियाले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्