Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


दलबीच समन्वयको खाँचो : पोखरेल


0
Shares

पार्टीले काठमाडौंका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–५ का कार्यकर्ताको भेलामा महासचिव पोखरेलले ‘वैदेशिक हस्तक्षेपले राष्ट्रिय अखन्डतामा आँच आउन थालेको अहिलेको अवस्थामा दलबीच समन्वयको खाँचो’ औंल्याए ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान पार्टीका विभिन्न जनवर्गीय संगठनले चुनावकेन्द्रित गतिविधि सन्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले मुलुकमा अब राजनीतिक स्थायित्व कायम गरी जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ का संयोजक रत्न गुरुङ र प्रदेशसभाका उपसंयोजक मनिराज डंगोलले पार्टीलाई स्थानीय तहको चुनावमा चौतर्फी घेराबन्दी गरिएको भएपनि जनताले सही मूल्यांकन गरी अग्रस्थानमा पुर्‍याएको विचार व्यक्त गर्दै आगामी चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । रासस