२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद


0
Shares

भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ ।

तरवार कसले र किन ल्याएको हो भन्ने प्रष्ट हुन नसकेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

पर्यटक बसमा ती तरवार ओसारिएको बताइएको छ । विभिन्न बसमा गरिएको तलासीका क्रममा तरवार बरामद भएको भारतीय सुरक्षाकर्मीको भनाइ छ । (एजेन्सी)